Friday, September 27, 2024

आगामी तीन दिनको मौसमः देशभर भारी वर्षासँगै बाढी र पहिरोको जोखिम

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मनसुन अति सक्रिय हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा देशको पूर्व,मध्य,तराई र मध्य पहाड क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ।

पूर्व र मध्य क्षेत्रका पहाडी भू–भागमा पहिरो जान सक्ने तथा पूर्व र मध्य तराई क्षेत्रका नदीहरूमा जलको बहाव, स्तर बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन महाशाखाले जनाएको छ।

महाशाखाले शुक्रवार बुलेटिन जारी गरी आगामी तीन दिनको मौसमको प्रक्षेपण गरेको छ।

शुक्रवार
दिउँसो: देशभर अधिकांश बदली रही धेरैजसो स्थानहरूमा वर्षा हुने र पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना छ। भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरूमा अति भारी वर्षा हुनेछ।

रातिः देशको पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ । भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरूमा धेरै भारी वर्षा समेत हुनेछ। देशको केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

शनिवार
दिउँसो: देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुने छ भने, पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै भारी वर्षाको सम्भावना छ।

रातिः देशभर व्यापकक्षेत्रमा वर्षा जारी रहनेछ। देशको पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुने छ भने ,पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै भारी वर्षा समेत हुनेछ।

आइतबार
दिउँसो: देशभर भारी वर्षाको सम्भावना रहेको छ। पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुने छ भने, पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ।

रातिः देशको पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै भारी वर्षा सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार