Monday, April 21, 2025

जथाभावी हर्न बजाउने ८३ सवारीसाधनमाथि कारबाही

काठमाडौं–महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी हर्न बजाउने ८३ सवारीसाधनमाथि कारबाही गरेको छ।

ट्राफिक प्रहरी अनुसार ट्राफिक नियम उल्लंघन गनी जथाभावी हर्ज बजाउने ८३ सवारीसाधनमाथी कारबाही गरिएको हो।

त्यसैगरी बुधबार प्रहरीले लेन अनुशासन पालना नगर्ने १ सय २३, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८ चालक कारबाहीमा परेका छन्। फुटपाथमा पार्किङ गर्ने ८०, व्हील लक ५०, भाडा कार (ट्याक्सी) २४, टिपर २१ तथा अन्य ६ सय २५ सवारीसाधनमाथि कारबाही भएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार