रुकुम– रुकुम (पूर्व) मा अनाैठाे तीन वटा गुफा भेटिएकाे छ । सुनाैला तथा सेता चट्टानले भरिएकाे उक्त गुफा भेटिएपछि त्याहाँका स्थानीय सबै मिलेर मगर खाम भाषाबाट नामाकरण पनि गरेका छन् । एउटा गुफाको नाम ‘मि कुङ’ नामाकरण गरिएको छ । त्यसैगरी नजिकै अर्को गुफाको नाम ‘सुनरी कुङ’ अर्थात सुनपानी गुफा नामाकरण गरिएको छ । त्यसैगरी अर्को गुफाको नाम ‘चाँदि कुङ’ नामाकरण गरिएको छ ।











