Tuesday, April 22, 2025

अध्ययन भन्छः महाकाली,कर्णाली र राप्ती नदीमा १२४ प्रजातिका माछा

काठमाडौँ –  कर्णाली र सेती नदीमा १२४ प्रजातिका माछा फेला परेको एक अध्ययनले देखाएको छ । अमेरिकी सहयोग नियोग युएसआइडीको पानी परियोजनाले सन् २०१८ जुनदेखि सन् २०१९ जुनसम्म गरेको अध्ययन हालै सार्वजनिक गरिएको छ ।

 तीन नदी महाकाली,कर्णाली र राप्ती नदीमा गरिएको ‘सकंटमा परेको माछा’ सम्बन्धी अध्ययनले माछाका प्रजाति पत्ता लगाएको हो । परियोजनाका अनुसार तल्लो कर्णालीमा १ सय २ र पश्चिम सेतीमा १३ वटा गरी स्थानीय र बसाइसराइ गरी आएका १ सय २४ वटा प्रजातिका माछा फेला परेका हुन् ।

विनाशकारी तरिकाले माछा मार्ने,अत्यधिक मात्रामा माछा मार्ने प्रवृति,माछा मार्ने कुनै नियम नहुँनु र नदीजन्य प्रदार्थको अत्यधिक दोहन, बाढी तथा अन्य प्राकृतिक प्रकोपका कारण माछाको भण्डारण र माछा सकंटमा परेको समेत अध्ययनले देखाएको छ।

पानी परियोजनाले नेपालका तीन नदीको ‘नदी प्रणाली’, ‘अर्थशास्त्रीय पक्ष’ र ‘जलाधार क्षेत्र’ संरक्षणका विभिन्न पक्ष समेटेर गरिएका अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेट) नेपालका कार्यकारी निर्देशक अजय दीक्षितले विगतको तुलनमा माछा संकटमा परेको बताए।

‘पानीमा विषादी हाल्ने, करेन्ट लगाउन,सानो प्वाल भएको जालीको प्रयोग, बढ्दो नदी प्रदूषण, नदीजन्य पदार्थको अत्याधिक दोहन र सिचाइँ तथा  बाँधले माछा संकटमा परेको छ,’कार्यकारी निर्देशक दीक्षितले भने ।

माछाको जैविक विविधता र यसको क्षेत्रको संरक्षण, माछा संरक्षण सम्बन्धी योजना, नीति र कानुन जस्ता कार्य आगामी दिन गर्नुपर्ने अध्ययनले सुझाएको छ । त्यस्तै जलाधार र जलचर संरक्षण सम्बन्धी जनचेतना फैलाउनुपर्ने र पर्यावरणको विकासमा देखिएका चुनौतीहरूलाई कम गर्न यो अध्ययन सहयोगी बन्ने परियोजनाले जनाएको छ ।

त्यस्तै कर्णाली, महाकाली र राप्ती नदीको ९ वटा जलाधार क्षेत्रमा धेरै माछा पाइने १ सय ७६ ठाउँ समेत पत्ता लागेको अध्ययनमा उल्लेख छ । नेपालमा १८५ प्रजातिका माछा पाइन्छन् ।

ताजा समाचार

सम्बन्धित समाचार