कछुवा गतिमा सम्पदा पुनर्निर्माण

काठमाडौं– भूूकम्प गएको तीन वर्ष पुुग्दा समेत सांस्कृतिक सम्पदा पुुनर्निर्माण कछुुवाकै गतिमा छ ।

१२ वैशाख २०७२ को महाभुकम्पका कारण ७ सय ५३ सम्पदामा क्षति पुगेको राष्ट्रिय पुुनर्निर्माण प्राधिकरणको तथ्याङ्क छ । तर, तीन वर्षको अवधिमा १०० सम्पदा पुनर्निर्माण भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युुवराज भुसालले जानकारी दिए ।

भूूकम्पका कारण १३३ सम्पदा पूर्णरुपमा र २० सम्पदामा आंशिक क्षति पुगेकोमा ३२९ पुुनर्निर्माणको क्रममा छन् । बाँकी ३२४ सम्पदाको पुनर्निर्माण सुरु नै भएको छैन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको दुई वर्षको अवसरमा १२ पुस, २०७४ मा सार्वजनिक प्रतिवेदनमा ७९ सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको र ३ सय १४ सम्पदाको पुनर्निर्माण जारी रहेको तथ्याङ्क सार्वजनिक भएको थियो ।

रानीपोखरी, काष्ठमण्डप, चाँगुनारायण लगायतका सम्पदाको पुनर्निर्माण पनि विवादकै कारण ढिलो भईरहेको छ । प्राधिकरणका प्रवक्ता यमलाल भुसाल सम्पदा पुनर्निर्माणमा ढिलाइ हुनेको मुख्य कारण मानव स्रोत साधनको अभाव र परम्परागत सामग्रीको उपलब्ध नहुनु बताउँछन् ।

‘सम्पदासँग जोडिएका कुरा संवेदनशील हुन्छन्, सांस्कृतिक र ऐतिहासिक महत्वलाई विशेष ख्याल गर्नुपर्छ,’प्रवक्ता भुुुसालले भने, ‘जुन शैली र स्वरुपमा बनेको छ त्यही आधारमा पुनर्निर्माण गर्नुपर्छ ।

प्राधिकरण र पुरातत्व विभागले सम्पदा पुनर्निर्माणकै लागि कालीगर उत्पादन तालिम दिइरहे पनि आकर्षण न्यून रहेको उनले बताए । सम्पदा पुनर्निर्माणमा क्रंकीट, छडी तथा अन्य आधुनिक सामग्रीको प्रयोग गर्न पाइँदैन । प्राधिकरणले २८ मा मात्र १२ फीट देखि २० फीट सम्मको काठ उपलब्ध गराउन वन मन्त्रालयको समन्वयमा दि टिम्बर कर्पोरेशन अफ नेपाल (टिसिएन) लाई निर्देशन लिएको थियो ।

क्षतिग्रस्त सम्पदामध्ये काठमाडौंमा २ सय ५०, ललितपुरमा १ सय ३० र भक्तपुरमा ८० गरी उपत्यकामा ४ सय ६० रहेका छन् । क्षतिग्रस्त बनेका बाँकी २ सय ९३ सम्पदा उपत्यका बाहिर रहेका छन् । भूकम्प पश्चात क्षतिग्रस्त बनेका सम्पदाको पुनर्निर्माण प्राधिकरण अन्तर्गत पुरात्व विभाग, काठमाडौं महानगरपालिका र विभिन्न दातृ निकायले गरिरहेका छन् ।

यसैविच भुकम्पको सम्झनामा धरहरा क्षेत्रमा वुधवार विहान एक कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रमलाई सम्वोधन गदै प्रधानमन्त्री केपी ओलीले धरहराको पुर्ननिर्माणको लागि आफू कोदालो वोक्न तयार गरेको वताएका छन् ।

तीन वर्ष वितिसक्दा पनि धरहराको पुर्ननिर्माणको काम शुरु हुन सकेको छैन् । मंगलवार राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले आफै धरहरा निर्माणको काम अगाडी वढाउने घोषणा गरेको छ ।