Thursday, December 11, 2025

आइयूसीएन क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित

३० असोज, काठमाडौं ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन) को क्षेत्रीय परिषद् सदस्य (रिजनल काउन्सिलर) मा नेपालबाट रोशनी अधिकारी पाठक निर्वाचित भएकी छन् ।

उनी सन् २०२६–२०२९ का लागि आयुसिएनको पूर्व र दक्षिण एसिया क्षेत्रीय परिषद् सदस्यका रूपमा निर्वाचित भएकी हुन् । आइयूसीएनका सदस्य राष्ट्रका प्रतिनिधिले गरेको मतदानमा अधिकारीले सर्वाधिक दोस्रो मत पाएकी हुन् । क्षेत्रीय परिषद्मा ६ देशका उम्मेदवार रहेकोमा ५ देशका उम्मेदवार निर्वाचित भएका छन् ।

यही अक्टोबर ९ देखि १५ तारिखसम्म संयुक्त अरब इमिरेट्सको अबुधाबीमा सम्पन्न आयुसिएन विश्व संरक्षण महासभामा भारत, चीन, पाकिस्तान, मलेसिया, जापान र नेपालका ७ उम्मेदवारबीच ५ क्षेत्रीय परिषद् संख्याका लागि प्रतिस्पर्धा भएको थियो ।

अधिकारी नेपाल वातावरण पत्रकार समूहकी पूर्वअध्यक्ष हुन् ।

अधिकारीको पक्षमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक लबिङ गरेको थियो । नेपालस्थित कूटनीतिक नियोगहरूमार्फत गत मे महिनादेखि नै उनको समर्थनमा पहल थालिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार