२४ असोज, काठमाडौँ ।
यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ ।
औसत मितिभन्दा एक साता ढिलो शुक्रबार (२४ असोजमा) मनसुन बाहिरिएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ मनसुनले औपचारिक बिदा लिएको जानकारी दिएको हो ।
यससँगै नेपालमा पोस्ट–मनसुन सुरू भएको छ ।
अंग्रेजी महिनाको जुन १३ (जेठ ३०/३१) देखि अक्टोबर २ (असोज १५/१६) सम्म नेपालका लागि मनसुन क्यालेन्डर हो ।
यस वर्ष मनसुन क्यालेन्डरको औसत मिति जुन १३ तारिखभन्दा १५ दिनअगाडि मे २९ तारिखमा मनसुन नेपाल प्रवेश गरेको थियो ।