इँटा उद्योगलाई वातावरणमैत्री बनाउन जोड

खस्यौली– इँटा उद्योगलाई प्रविधिमैत्री, वातावरणमैत्री बनाउन सरोकारवालाले जोड दिएका छन् ।

सोमबार रुपन्देहीको नयाँमिलमा भएको ‘श्रमिकमैत्री इँटा उद्योग, इँटा उद्योगमैत्री स्थानीय शासन र नीति’ विषयक गोष्ठीमा उनीहरुले प्रदूषण र बालश्रममुक्त गराउन सरकारले दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।

उक्त अवसरमा प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले उद्योगले मुलुकको अर्थतन्त्रलाई चलायमान गराइरहेको उल्लेख गर्दै इँटा उद्योगलाई सहजरूपमा कर्जा प्रवाह गर्न पहल गर्ने आश्वासन दिए ।

प्रदेशसभा सदस्य डा कृष्ण न्यौपानेले इँटा उद्योगको पुरानो इतिहास रहेको बताउँदै उद्योगलाई प्रविधिमैत्री बनाएर विकासको मूलधारमा ल्याउनुपर्ने बताए।

ताजा समाचार

सम्बन्धित समाचार