‘लिँदैन म फोहर, घरमै बनाउँछु मोहर’

वीरेन्द्रनगर– ‘लिँदैन म फोहर, घरमै बनाउँछु मोहर’ अभियानका साथ वीरेन्द्रनगर नगरपालिकाका केही वडामा शून्य फोहरोन्मुख नीतिगत तथा संस्थागत क्षमताको विकास गर्ने भएको छ।

नगरपालिकाको पाँचौँ नगरसभामा उपप्रमुख मोहनमाया ढकालले सो कार्यक्रम उल्लेख भएको जानकारी दिएकी हुन्।

आगामी आवमा कम्तीमा २५ टोलको फोहर सङ्कलन गरिने उपप्रमुख ढकालले बताइन् । ‘एक घर, दुई बिरुवा, हामी सबै कुरुवा’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

नगरसभाले चालूतर्फ रु ७४ करोड ९३ लाख ३८ हजार तथा पूँजीगततर्फ रु ४५ करोड तीन लाख बराबरको बजेट स्वीकृत गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार