भीषण वर्षाका कारण मुम्बईको जनजीवन कष्टकर

मुम्बई– भीषण वर्षाका कारण मुम्बईको जनजीवन कष्टकर बन्दै गएको छ।

शहरको हिन्दमाता, दादर सायन सान्ताकु्रज क्षेत्रमा बाढीका कारण यातायाहरू बन्द भएको स्थानीय सञ्चार माध्यम न्यूज अन एअरले जनाएको छ।

मध्य रेल तथा हार्बर रेल्वको ट्रैकमा पानी जम्मा भएका कारण रेलहरू गाडिया देरीबाट चलिरहेका छन्।

यसैगरी, पश्चिम रेल मार्गमा मेरिन लाइन स्थानमा सम्पन्न हुन लागेको निर्माणधीन कार्यको बांस खसेकाले तारहरू सडकमा यत्रतत्र छरिएका छन् भने उक्त मार्गको यातायात प्रभावित भएको छ। मध्य र पश्चिम रेल मार्गमा दिउँसो सम्म भीड कायम रहेको उल्लेख गरिएको छ। यात्रुहरू पनि अलपत्र परेको जनाइएको छ।

मुम्बईको छिमेकी जिल्ला पालघर र थाण्माा पनि मूसलाधार पानीको कारण जनजीवन अस्त व्यस्त भएको छ।

अबको २४ घण्टा सम्म मुम्बईमा भीषण वर्षा हुने मौसम विभागले अनुमान गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार