ईंटा उद्योगलाई वातावरणमैत्री बनाउन सरोकारवालाको सुझाव

काठमाडौँ– ईंटा उद्योगलाई वातावरणीय मापदण्ड र कानूनी व्यवस्थालाई ख्याल राख्न सरोकारवालाहरूले सुझाव दिएका छन्।

काठमाडौँमा आइतबार आयोजित स्वच्छ ईंटा परियोजनाको पहिलो चरणको गोष्ठीका बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव प्रभात कुमार सिंहले वातावरण संरक्षणलाई ध्यानमा राखेर ईंटा उद्योग स्थापना गर्न आग्रह गरे।

‘वायु प्रदूपषणका चुनौतीहरू सामना गर्न नीतिगत सुधार लागि प्रभावकारी कार्य गर्नुहोस हामी सहकार्यको लागि प्रतिबद्ध छौं,’ उनले भने।

त्यसैगरी कार्यक्रममा बोल्दै इसिमोडका रणनैतिक सहयोग निर्देशक बसन्त श्रेष्ठले ईटा भट्टामा प्रयोग गरिएको जिकज्याक प्रविधिले जलवायु परिवर्तन कम गर्न मुख्य भूमिका खेलेको भन्दै सहकार्यको लागि नेपाल ईंटा उद्योग महासंघलाई आभार व्यक्त गरे।

तीन दिने गोष्ठीमा जिकज्याक प्रविधिमा रुपान्तरण, प्रविधि विकास लगायतका विभिन्न विषयमा समीक्षा गरिएको र नेपाल सरकारको ईंटा उद्योग सम्बन्धित विभिन्न ऐन, कानून र नियमावलीहरूका आधारमा नेपाल उद्योग महासंघको पहलकदमीमा परिमार्जित आचार संहिता लागू गर्न प्रतिवद्धता जाहेर गरिएको नेपाल ईंटा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकारले जानकारी दिए।

नेपाल ईंटा उद्योगहरूको आधुनिकीकरणले यस क्षेत्रबाट हुने नकरात्मक वायु उत्सर्जन, कार्वनजन्य प्रदूषणको मात्रामा कमी ल्याउनुका साथै उल्लेख्य मात्रामा उर्जा बचत, कृषिजन्य उर्वर माटोको सदुपयोग भएको उनको भनाई थियो।

उक्त गोष्ठीमा नेपाल सरकारको प्रतिनिधि, नेपाल ईंटा उद्योग महासंघका प्रतिनिधि र इसिमोडको सहभागिता रहेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार