४० वर्षपछि फेरी शुरु भयो बाग्मती तीर्थयात्रा

वागमती सभ्यता जोगाउन भन्दै पशुपति क्षेत्र विकास कोषले ४१ वर्ष पुरानो बाग्मती यात्रा फेरी सुरु गरेको छ । विसं २०३४ सालपछि सो परम्परागत यात्रा रोकिएको थियो ।

कटुवाल दहबाट वागद्धारसम्मका १९५ तीर्थस्थलमा पैदल स्नान गर्ने विधिलाई वाग्मती यात्रा भनिन्छ । प्रदूषणको कारण रोकिएको सो यात्रा वाग्मती सरसफाइको वारेमा जनचेतना आवश्यक भन्दै यात्रा थालनी गरेको हो । बाग्मती सफाई महाअभियान सुरु भएको ५ वर्ष पुग्नै लाग्दा धार्मीक एवं सांस्कृतिक महत्व ब्युताउदै सो यात्रा शुरु गरिएको हो ।

राम्रो, सुन्दर र स्वच्छ बाग्मती बनाउने उदेश्यका साथ सो पुरानो संस्कृतिलाई फेरी पुर्नजिवन दिइएको कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । वागमतीको अतिक्रमण तथा दुव्र्यवहार रोक्ने तथा हटाउने उदेश्यले यात्रा फेरी थालनी गरिएको हो । ७ दिने यात्रा अन्र्तगत पहिलो दिन सोमबार कटुवालदहको यात्रा गरी शिखर नारायणमा बास बसेका थिए ।

दोस्रो दिन, शिखर नारायणबाट सुन्दरीघाट बल्खुमा स्नान गरेर टेकु दोभानमा पञ्चलिंगेश्वर र पचली भैरबको पुजा गर्दै बाटोमा पर्ने २७ तीर्थस्नान गरेर शंखमुलमा बिश्राम लिइने पुजारी मदन भट्टले जानकारी दिए । पशुपतिनाथबाट सुरु गरिएको यात्रा कार्यबिनायकको पुजाबाट आरम्भ भएको थियो । त्यसपछि दक्षिणकाली गोपालेश्वरको पूजा गरी कटुवाल दहमा पुगेर ध्वजा कलश स्थापना गरिएको थियो । ४५ जनाको सहभागीता रहेको यात्रामा सवैलाई आफूले सकेको दान गर्न आग्रह गरिएको छ ।

बाग्मती नदि किनारका विभिन्न १ सय २७ तीर्थ स्थल र उपतीर्थस्थल सहित १ सय ९५ तीर्थमा पु्जा सहित दान भेटी चढाइने उनले बताए । बाग्मतीयात्रा कटुवाल दहदेखि बाग्मतीको उद्गमस्थल बाघद्धारसम्म पुगेर त्यहाबाट पशुपतिमा पुगेर समापन गरिनेछ ।

पहिले पहिले पैदल यात्रा र बाग्मतीमै गएर स्नान गरिने परम्परा भएपनि समयको बदलिदो परिवेशसँगै यसमा परिवर्तन गरिएको पुजारी भट्टले बताए । यात्राका क्रममा तेस्रो दिन शंखमुलबाट प्रयागघाटमा स्नान गरी बाटोमा पर्ने विभिन्न ४० भन्दा बढी तीर्थस्नान गर्दै कोटेश्वर महादेबको पूजाआजा गरीने छ । ७ दिनसम्म कोटेश्वर महादेव, गुहेश्वरी, सुन्दरीजल , बुढानिलकण्ठ, बज्रयोगिनी हुदै चागुनारायण , शंखतीर्थ , गुहेश्वरी , मृगेश्वर बिरुपाक्ष हँुदै अन्तिम दिन रुद्रगाडेश्वर पुगेर बाग्मती यात्रा समापन हुनेछ ।

बाग्मती नदीको कटुवाल दहदेखि बाघद्धार सम्मको ४३ किलोमिटरको यात्रा गरिनेछ । १७ दिनसम्म बाग्मती नदीको किनारै किनार गरिने यात्रा यसपाली भने ७ दिनमा सक्काउने तयारी रहेको कोषले जनाएको छ । ०३४ सम्म वैशाख कृष्ण चतुर्दशीदेखि वैशाख शुक्ल पूर्णिमासम्म १७ दिन बाग्मती यात्रा गरिन्थ्यो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले गत १६ चैतमा जारी गरेको मन्त्रालयले १०० दिनभित्र गर्ने काममा बाग्मती यात्रालाई पुनः सञ्चालन गर्ने विषय समेत उल्लेख छ । सात दिनको अवधिमा पुनः सुरु गरी बाग्मती सफा भएपछि पुरानै स्वरूपमा १७ दिने कार्यक्रमलाई नै पुनर्जागरण गर्ने कोषको तयारी छ ।