Saturday, September 28, 2024

अझै हटेन सर्वसाधारणको मुखबाट मास्क(फाेटाे फिचर)

काठमाडौँ – काठमाडौँको धुलो नियन्त्रण हुँदै गइरहेको भनी सरकारी निकायले दाबी गर्ने गरेका छन्। काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले धुलो नियन्त्रणकै लागि भनेर पछिल्लो समयमा ब्रुमर पनि सञ्चालनमा ल्याएका छन्। सम्बन्धित निकायले पदूषण कम भएको ठोकुवा गर्दै आइरहे पनि सर्वसाधारणले भोगेको सास्ती भने कम भएको छैन।

बर्खाको समयमा हिउँद भन्दा केही हदसम्म प्रदूषण कम हुने भएपनि पूर्णरुपमा भने नियन्त्रणमा आएको छैन। काठमाडौँका सर्वसाधारणले हरेक दिन यात्रा गर्ने क्रममा मास्क लगाएर हिड्न बाध्य छन्। धुलोकै कारण विभिन्न समस्याहरू भोग्न उनीहरू बाध्य छन् ।

शनिबार कााठमाडौँमा आयोजित सार्वजनिक कार्यक्रमका बीच प्रधानमन्त्री के.पी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको बेला आधा जनसंख्या मास्क लगाएर हिडेको तर अहिले भने मास्क लगाएर कोहीपनि नहिँड्ने दाबी गरे।

उनले भने, “म तपाईहरूलाई सोध्न चाहान्छु, तपाईहरू काठमाडौँमा बस्नुभएको छ। काठमाडौँका सडक एक वर्ष अगाडि र अहिलेको भिन्नता हेर्नुस्, आफैँ निष्पक्ष ढङ्गले विचार गर्नुस् र भन्नुस्। म प्रधानमन्त्री भएको बेलामा मैले भनेको थिएँ, अब काठमाडौँमा नाक समातेर हिँड्नु पर्दैन । मैले मास्क लगाउनु पर्दैन भनेको थिएँ । म प्रधानमन्त्री भएका बेला आधा जनसंख्या मास्क लगाएर हिँड्थ्यो, कमसेकम अहिले मास्क लगाएर कोही पनि हिँड्दैन ।”

प्रधानमन्त्रीको  उक्त अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। सर्वसाधारणले भोगेको सास्तीलाई हेलचक्र्याइ गरी भाषण गरेको भन्दै फेसबुक, ट्वीटर लगायतका विभिन्न सामाजिक सञ्जालमा आलोचना भइरहेका छन्।

यसैसन्दर्भमा आधारित रहेर हाकाहाकीकर्मी अमिष रेग्मीले कोटेश्वरदेखि सातदोबाटोसम्मको यात्राको क्रममा कैद गरेका केही दृश्यहरू :


ताजा समाचार

सम्बन्धित समाचार