बाढी बुलेटिनः मझौला नदीहरूमा बाढीको सम्भावना

काठमाडौँ– देशको प्रमुख तथा अन्य साना नदीहरूमा वहाव सामान्य रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

आज(आइतबार) तीन दिनको बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै ठूला तथा साना नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेकाले बाढीको ठूलो जोखिम नरहेको जानकारी दिएको हो।

अबको तीन दिन (आइतबार, सोमबार, मंगलबार) देशका प्रमखु नदीहरू कोसी, नारायणी, कणााली, महाकाली तथा मझौला नदीहरू कन्काई, कमला, बागमती, बबई लगायतमा वहाव सामान्य घटबढ रहने बुलेटिनमा उल्लेख छ। तर पश्चिम राप्ती नदीमा वहाव तलुनात्मक रूपमा बढ्ने जनाइएको छ।

प्रदेश १ को इलाम, ताप्लेजुङ, पाँचथर, खोटाङ, मोरङ, झापा, प्रदेश ३ को काभ्रपलाञ्चोक, सिन्धुली, मकवानपुर, गण्डकी प्रदेशको पाल्पा, पर्वत, बागलुङ, स्याङजा र प्रदेश ५ को रोल्पा, प्युठान लगायतका स–साना खोलाहरूमा उल्लेख्य वहाब बढ्न तथा केहीमा एककासी बाढी आउन सक्ने उल्लेख गरिएको छ।

 साथै, सुुदुरपश्चिम प्रदेशको चुरे र तराईबाट बहने कही साना नदिहरूमा पनि वहाब तुलनात्मक रूपमा बढ्ने सम्भावाना भएकाले सबैलाई सतर्क रहन आग्रह गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार