काठमाडौँ– देशभर सामान्य बदली भइ देशका केही स्थानहररूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
पश्चिम र पूर्वका एक दुइ स्थानहरूमा भारी बर्षाको सम्भावना रहेको जल तथा मौसिम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आनुमान गरेको छ।
महाशाखाका अनुसार देशभर सामान्य बदली भइ पुर्व र मध्यका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सोमबार देशभर सामान्य बदली भइ देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा देशभर सामान्य बदली भइ पुर्व र मध्यका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।पश्चिम र पूर्वका एक दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।
मंगलबार देशभर सामान्य बदली भइ देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ भने राति देशभर सामान्य बदली भइ पुर्व र मध्यका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।मध्य र पूर्वका एक दुइ स्थानहरूमा भारी वर्षाको सम्भावना महाशाखाले जनाएको छ।





