Saturday, September 28, 2024

प्रहरीले रोप्यो ४० हजार बिरुवा

काठमाडौं–‘राष्ट्रिय वृक्षरोपण दिवस’ २०७६ को अवसरमा नेपाल प्रहरीले एकै दिन ४० हजार आठ सय ३० वटा बिरुवा रोपेको छ।

दिवसको अवसरमा नेपाल प्रहरीले देशभरका कार्यालय परिसरमा शनिबार बिरुवा रोपेको जनाएको छ।

नेपाल प्रहरीका अनुसार प्रहरी प्रधान कार्यालयमा १० हजार, महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत ४ हजार २ सय १६, १ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत ८ हजार र २ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत ५ हजार ५ सय १ विरुवा वृक्षरोपण गरिएको छ।

त्यसैगरी ३ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत ४ हजार २ सय २१, गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३ हजार ७३, ५ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३ हजार ८ सय २६, कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गत ७ हजार १ सय ८४ र सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत ४ हजार ७ सय ९९ वटा बिरुवा वृक्षारोपण गरिएको हो।

प्रहरीले क्रिसमस ट्री, श्रीखण्ड, कपुर, तेजपत्ता, निबुवा, नासपती, अम्बा, लिची, आँप लगायत विभिन्न जातका फलफूल बिरुवाहरूको वृक्षारोपण गरेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार