Saturday, September 28, 2024

हरित जिल्ला बनाउन आठ लाख बिरुवा उत्पादन

कञ्चनपुर- जिल्लालाई हरित बनाउन नर्सरी स्थापना गरेर आठ लाख बिरुवा उत्पादन गरिएका छन् । डिभिजन वन कार्यालयले आफ्नै पहलमा निजी, सामुदायिक वन र स्थानिय तहसँग सहकार्य गरी बृक्षरोपणका लागि नर्सरी तयार गरी बिरुवा उत्पादन गरेको हो ।

“नीजि वन स्थापना गरेर स्थानीय बासिन्दाको वन माथिको निर्भरता हटाउन र आर्थिक अबस्थामा सुधार ल्याउन बिरुवा उत्पादन गरेका छौं”, डिभिजन वन कार्यालयका योजना शाखाका रेञ्जर शिवराज अबस्थीले भने। सरकारी र सामुदायिक वनमा रोप्नका लागि मात्रै विगतमा बिरुवा उत्पादन गर्दै आएका भए पनि यस वर्षदेखि स्थानीय बासिन्दालाई निजी जग्गामा बिरुवा रोप्न बिरुवा उत्पादन गरिएको उनले बताए।

उनका अनुसार यस वर्ष डिभिजन वन कार्यालयमा दुई लाख, वन कार्यालय अन्र्तगतकै जिल्ला वन पैदवार आपूर्ति समितिले दुई लाख ५० हजार, बेदकोट नगरपालिकामा ५० हजार, लालझाडी गाउँपालिकामा ५० हजार, पुर्नवास नगरपालिकामा एक लाख र बेलौरी नगरपालिकामा एक लाख बिरुवा उत्पादन गरिएका छन् ।

यसैगरी निजी क्षेत्रसँगको सहकार्यमा ३० हजार र सामुदायिक वनसँगको सहकार्यमा २० हजार विरुवा उत्पादन गरिएका छन् । बिरुवा उत्पादनका लागि रु ७२ लाख जति खर्च लागेको बताइएको छ । प्रति बिरुवा लागत रु नौ का दरले रकम खर्च भएको छ । नर्सरीमा मसाला, सागवान, बकाईनो, भिमल, साल, टाँकी, गोल्डमोहर, कल्की, काईयो, टुडी, सिमल, समि, लगायतका १५ प्रजातीका बिरुवा तयार गरिएका छन् ।

उत्पादित बिरुवा स्थानीय किसान, सामुदायिक वनको बाँझो जग्गा र जैविक तटबन्धका लागि नदी तटीय क्षेत्रमा रोपिने रेञ्जर अबस्थीले बताए। बिरुवा रोप्न चाहनेलाई नागरिकता र जग्गाधनी प्रमाण पूर्जाका आधारमा २५ वटासम्म बिरुवा निःशुल्क उपलव्ध गराइने र सय विरुवा माथि रोप्न चाहनेले व्यावसायिक योजना सहित वडा कार्यालय र सव–डिभिजन कार्यालयको सिफारिसका आधारमा बिरुवा उपलव्ध गराउने व्यवस्था गरिएको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार