Saturday, September 28, 2024

निजगढ विमानस्थल :वन कटानका लागि अनुमति दिन वन मन्त्रालयलाई निर्देशन

काठमाडौँ– निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक वन कटानका लागि तत्काल अनुमति दिन संसदीय समितिले वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ।

सङ्घीय संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबारकोे बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक वन कटान गर्न अनुमति दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको समितिकी सभापति दिलकुमारी रावल थापाले बताइन्।

उनका अनुसार डिपीआर हेरेर विमानस्थलको धावनमार्ग र अन्य पूर्वाधार निर्माणका लागि आवश्यक वन कटान गर्ने अनुमति दिन वन तथा वातावरण मन्त्रालयलाई निर्देश गरिएको हो।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले विमानस्थलको कामलाई अघि बढाउन वन तथा वातावरण मन्त्रालयले वन कटानका लागि अनुमति नदिएको समितिमा जानकारी गराएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार