Saturday, September 28, 2024

प्रधानमन्त्रीले गरे नासपतिकोे बिरुवा रोप्दै वृक्षारोपण अभियानको शुभारम्भ

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली कोटेश्वर क्षेत्रमा फलफुलका बिरुवा रोपेर राष्ट्रिय वृक्षरोपण दिवसको शुभारम्भ गरेका छन्।

वन तथा वातावरण मन्त्रालयले शनिवार बिहान आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रोपी दिवसको शुभारम्भ गरेका हुन्।

सरकारले असार १४ गतेबाट देशभर वृक्षरोपण अभियान सुरु गरेको छ। आगामी आर्थिक वर्ष २०७६/०७७ मा पाँच करोड बिरुवा रोप्ने सरकारको योजना रहेको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार काठमाडौँमा कोटेश्वर-कलंकी सडकखण्डको किनारमा फलफुलका बिरुवा रोपिने छ।

सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी, सातवटै प्रदेश, स्थानीय तह, विश्वविद्यालय, संस्थान, वन उपभोक्ता समिति र गैरसरकारी संस्थाहरूलाई पनि आ-आफ्नो क्षेत्रमा वृक्षरोपण गर्न निर्देशन दिएको छ ।

त्यसैगरी दिवसको अवसरमा देशभर वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ।काठमाडौँ उपत्यका लगायत सातै प्रदेशमा वृक्षरोपण कार्यक्रम भइरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार