Saturday, September 28, 2024

जडीबुटीसहित बाजुरामा १४ जना पक्राउ

कैलाली–बाजुराको बुढिन्नदा नगरपालिकाबाट तस्करी हुन लागेको जडीबुटीसहित प्रहरीले १४ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बुढीनन्दबाट खटिएको प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले बिहीबार २ जना ठेकेदार र १२ जना भरियालाई नियन्त्रणमा लिएको छ।

अनुमति बिना बुढिन्नदा नगरपालिका ४ बाट सङ्कलन गरी भरिया मार्फत ढुवानी गरेर गोदाममा जम्मा गरिरहेका बेला बुढिन्नदा नगरपालिकाको बिरसैनमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

त्यस्तै प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले भरियाले बोकी ल्याएका १२ बोरा सेतकचिनि, १ बोरा सुगन्धवाल र १ बोरा कटुकी गरी ४ सय ६३ केजी नियन्त्रणमा लिएको  छ।

ठेकेदारमा नेपालगन्ज उपमहानगरपालिका –२ बस्ने ४५ वर्षका गगन राना र ४२ वर्षका नारद गिरी रहेको इलाका प्रहरी कार्यालय कोल्टि बाजुराले जनाएको छ।

बुढिन्नदा नगरपालिका–४ का जडीबुटी बोक्ने १२ जना भरियालाई पनि प्रहरीले नियन्त्रणमा लगेको छ। नियन्त्रणमा लगिएको जडीबुटी, ठेकेदार र भरियालाई जिल्ला प्रहरी कार्यालय बाजुरामा झिकाइएको बाजुरा प्रहरी प्रमुख उद्धब सिंह भाटले बताएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार