पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ– पृथ्वी राजमार्ग बिहीबार बिहान २ः३० बजेदेखि अवरुद्ध भएको छ।

धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेपछि सडक अबरुद्ध भएको हो। लेदोमा केही सवारीसाधन समेत फँसेका छन्।

सडकभन्दा माथि बालुवा निकालिएको छ। बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो सडकसम्म आएको हो। राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित गर्न नसक्दा सडक खन्दा निस्किएको लेदो राजमार्गसम्म आएपछि राजमार्ग बिहान २ बजेदेखि अवरुद्ध भएको जनाइएको छ।

सडक अवरुद्ध भएपछि यसलाई हटाउन बालुवा व्यवसायी र गाउँपालिकाले राजमर्गमा डोजर लगाएका छन् । सडक अवरुद्ध भएपछि १० किलोमिटरसम्म राजमार्गमा यातायात साधन रोकिएका छन्। रात्रिसेवाका गाडीहरु रोकिएकाले राजमार्गमा सवारी साधनको लाम देखिन्छ।

ताजा समाचार

सम्बन्धित समाचार