Saturday, September 28, 2024

नेकपाको कार्यकर्तालाई निर्देशन ःप्रत्येकले दुई रुख रोप्नू

काठमाडौं । पछिल्लो समयमा रुख विरुवाको महत्वको बारेमा राजनीतिक दलहरु समेत सचेत हुन थालेका छन् ।
वातावरणका मुद्धामा राजनीतिक दलहरुको खासै ध्यान जाँदैन तर पछिल्लो समय भने यो विषयले राजनीतिक क्षेत्रमा समेत प्राथमिकता पाउन थालेको छ । संसदमा पनि यस विषयमा कुरा उठ्न थालेको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले आफ्नो कार्यकर्तालाई आगामी १४ गते कम्तीमा दुईवटा विरुवा रोप्न निर्देशन दिएको छ ।
सरकारले १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवसको रुपमा मनाउने निर्णय गरेको छ । नेकपा अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले सबै जिल्ला कमिटीलाई निर्देशन परिपत्र जारी गदै सो अभियानमा सहभागी हुन निर्देशन दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार