वीरगन्ज महानगरको बजेटः जोड भौतिक पूर्वाधारमा, वातावरण कम प्राथमिकतामा

वीरगन्ज– वीरगन्ज महानगरको बजेटले भौतिक पूर्वाधार विकासमा जोड दिएको छ।

आगामी आर्थिक वर्ष ०७६/०७७ मा कुल रू ४ अर्व ४८ करोड १३ लाख ४८ हजार ८ सय ७९ व्यय हुने अनुमानमा आर्थिक विकास क्षेत्रमा रु. २ करोड ३४ लाख ७० हजार अर्थात ०.५२ प्रतिशत रहेको छ। यस क्षेत्रमा कृषि, सिंचाई, पशुपालन र पर्यटन आदि समेटिएका छन्।

यातायात, सवारी व्यवस्थापन, सडक निर्माण, सडकको स्तरोन्नती, खानेपानी क्षेत्र समेटिएको पूर्वाधार विकास क्षेत्रमा रु.२ अर्व ९४ करोड २८ लाख ५८ हजार ६ सय ७९ अर्थात ६५.६७ प्रतिशत प्रस्ताव गरिएको छ।

वन, वातावरण तथा विपद्तर्फ रु ३ करोड ३२ लाख ७९ हजार अर्थात ०.७४ प्रतिशत व्ययको अनुमान गरेको छ। फोहोर व्यवस्थापन, संकलन, वृक्षारोपण, सरसफाई यसले समेटेको छ।

ताजा समाचार

सम्बन्धित समाचार