काठमाडौँ– देशका अधिकांश भूभागहरूमा सामान्य बदली भइ देशका केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसिम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभरि आंशिक देखि सामान्य बदली भइ देशका पूर्व र मध्यका केही स्थानहरूमा साथै पश्चिमका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।
बिहिबार देशको मध्य र पूर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक बदली भइ पूर्व र मध्यका धेरै स्थानहरूमा साथै पश्चिमका एकर दुइ स्थानहरुमा वर्षाको सम्भावना जनाएको छ। राति देशको मध्य र पूर्वी भूभागमा सामान्य बदली तथा पश्चिमि भूभागमा आंशिक बदली भइ पूर्व र मध्यका धेरै स्थानहरूमा साथै पश्चिमका एकर दुइ स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।
शुक्रबार देशको मध्य र पूर्वी भूभागमा सामान्य बदली तथा पश्चिमि भूभागमा आंशिक बदली भइ मध्यका केही स्थानहरूमा साथै पश्चिम र पुर्वका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। राति देशको मध्य र पूर्वी भूभागमा सामान्य बदली तथा पश्चिमि भूभागमा आंशिक बदली भइ पूर्व र मध्यका केही स्थानहरूमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।





