पत्रपत्रिकामा आजः भेलसँगै बग्छ ‘असारे विकास’, तातोपानी नाकामा छैन चहलपहल

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नागरिक
-आजको नागरिकमा वर्षा ढिला हुँदा धान रोपाइँ कम भन्ने शिर्षकमा दिलीप पौडेलको समाचार छापिएको छ। मुलुकभर समयमा वर्षात् नहुँदा गत वर्षको तुलनामा यो वर्ष धान रोपाइँ कम भएको छ। कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार गत वर्षको तुलनामा साढे तीन प्रतिशत कम रोपाइँ भएको हो। गत वर्षको असार ९ सम्म १५.९ प्रतिशत धान रोपाइँ भएकोमा यो वर्ष सोही अवधि (असार ९ गतेसम्म) मा ११.६४ प्रतिशत भएको मन्त्रालयले जनाएको छ।

-व्यवस्था बदलियो, अवस्था फेरिएन भन्ने शिर्षकमा डिबी बुढाको समाचार छापिएको छ। कनकासुन्दरी गाउँपालिका–३ बुडु गाउँका विनबहादुर बुढा २०६१ सालमा तत्कालीन माओवादीबाट विस्थापित भए। आफ्नो छोरा नेपाली सेनामा भर्ति गराएको भन्दै घरमै पुगेर धम्क्याउन थालेपछि उनी विस्थापित हुन पुगेका थिए। उनलाई तत्कालीन माओवादीले सेनाबाट छोरो फर्काउन र माओवादीमा प्रवेश गराउन दबाब दिए।

-मध्यपहाडी राजमार्ग समयमै सक्ने सुनिश्चतता गरः संसदीय समिति भन्ने शिर्षकमा समाचार छापिएको छ। संघीय संसद्को विकास तथा प्रविधि समितिले मध्यपहाडी राजमार्गको निर्माण कार्य समयमै सक्ने सुनिश्चतता गर्नुपर्ने जनाएको छ। समितिका सदस्यहरूले मध्यपहाडीको पूर्वी खण्डको स्थलगत अध्ययन गरेपछि प्रतिवेदन सार्वजनिक गर्दै समयमै निर्माण कार्य सक्नु पर्ने र निर्माणकै क्रममा सडकको नियमित गुणस्तर परीक्षण गर्न सुझाव समेत दिएका छन्।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा भेलसँगै बग्छ ‘असारे विकास’ भन्ने शिर्षकमा समाचार छापिएको छ। आर्थिक वर्षको लामो समयसम्म काम नगर्ने र समय घर्किएपछि हतारमा बजेट खर्च गर्ने सरकारी प्रवृत्ति प्रदेश १ मा पनि देखिएको छ। चालू वर्ष ०७५र७६ सकिन केही दिन बाँकी रहँदा स्थानीय तहसहितका सरकारी निकाय बजेट सक्ने ध्याउन्नमा देखिएका छन्।

-स्थानीयले मागे खोलाको पैसा भन्ने शिर्षकमा समाचार छापिएको छ। वागमती नदी बगेको स्थानको मुआब्जा माग गर्दै स्थानीयले २ महिनादेखि वागमती सौन्दर्यकरणको काम ठप्प पारेका छन्। वागमती बगिरहेको खोलाकै पैसा मागेर स्थानीयले अवरोध गरेपछि वागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गत भइरहेको गोकर्णेश्वरदेखि गुहेश्वरीसम्मको काम रोकिएको छ।

-असारे विकासको चटारो भन्ने शिर्षकमा समाचार छापिएको छ। कैलालीको लम्की–चुहा नगरपालिकाले उद्यान निर्माण गर्न दुईवटा उपभोक्ता समिति गठन ग¥र्यो। १ करोड ३३ लाख बजेट टुक्राएर योजना वितरण गरियो। सार्वजनिक खरिद ऐनमा एक करोड भन्दा बढि बजेटका योजना, उपभोक्ता समितिबाट निर्माण गर्न नपाईने प्रावधान छ। तर असारे बजेट सक्न टुक्रयाएर उपभोक्ता समिति बनाएर काम सुरु गरिएको छ। उपभोक्ता समितिको अध्यक्ष रहेका भीम जैसीले बजेट टुक्रयाएर दुवै समितिले काम थालेको बताए। स्थानीयले नमुना भनिएको पार्कको वाउन्ड्री वाल गुणस्तरहीन भएको भन्दै विरोध समेत गरे।

कान्तिपुर
-आजको कान्तिपुरमा तातोपानी नाकामा छैन चहलपहल भन्ने शिर्षकमा अनिश तिवारीको समाचार छापिएको छ। भूकम्पको चार वर्षपछि औपचारिक रूपमा मालवाहक सवारी साधन सञ्चालनमा आएको तातोपानी नाकामा व्यापारिक गतिविधि भने ठप्प छ । ऊन ल्याउँदै आंशिक रूपमा खुलाइएको नाकामा अहिले मालवाहक कन्टेनरसमेत गुडेका छैनन् । बर्खासँगै सीमा झनै उराठलाग्दो देखिएको छ ।

-गाउँसभा छाडेर जनप्रतिनिधि यार्चा टिप्न भन्ने शिर्षकमा समाचार छापिएको छ। कर्णालीका कतिपय स्थानीय तहले हरेक असार १० मा आगामी वर्षको बजेट सभामा पेस गर्नुपर्ने प्रावधान लत्याएका छन् । जनप्रतिनिधिबीच आन्तरिक विवाद र तयारी अभावमा बजेट प्रस्तुत हुन नसकेको हो ।

-महानगरहरूको बजेट: पूर्वाधार मुख्य प्राथमिकता भन्ने शिर्षकमा समाचार छापिएको छ। ६ वटै महानगरले पूर्वाधारलाई मुख्य प्राथमिकता दिँदै आर्थिक वर्ष २०७६र७७ को बजेट ल्याएका छन् । काठमाडौं महानगरपालिकाले मंगलबार ल्याएको १५ अर्ब ५० करोड ७० लाख १२ हजार बजेटमध्ये भौतिक पूर्वाधारमा ३९ प्रतिशत रकम छुट्याइएको छ ।

-निगमले तिर्न सकेन किस्ता भन्ने शिर्षकमा सुरज कुँवरको समाचार छापिएको छ। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले एयरबस कम्पनीका चारवटा जेट विमान खरिदका लागि गरेको ३२ अर्ब ऋण लगानीको किस्ता नेपाल वायुसेवा निगमले तिर्न सकेको छैन । निगमले दुवै कोषलाई तीन महिने किस्ताअन्तर्गत असार, असोज, पुस र चैतमा १ अर्ब १३ करोडका दरले चार किस्तामा ४ अर्ब ५२ करोड रकम तिर्नुपर्छ ।

-करोड बिरुवा रोपिँदै भन्ने शिर्षकमा अब्दुल्लाह मियाँको समाचार छापिएको छ। करिब ९ वर्षअघि वनमन्त्री थिए, राप्रपाका दीपक बोहरा । त्यति बेलाका प्रधानमन्त्री माधवकुमार नेपालसँग निकै निकट देखिने बोहराले बेलाबेला नौला कार्यक्रम आयोजना गर्थे । कालापत्थरमा मन्त्रिपरिषद् बैठक आयोजना गर्नेदेखि चितवन निकुञ्जभित्र मिचाहा झार उखेल्नेसम्मका कार्यक्रम उनकै पालामा भए ।

ताजा समाचार

सम्बन्धित समाचार