कैलाली–खानेपानी मन्त्री विना मगरले सबै नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गर्न बताएकी छन्।
मङ्गलवार कञ्चनपुरको बेलौरी नगरपालिकाको चौथो नगरसभाको उद्घाटन गर्दै मन्त्री मगरले भनिन्,‘सबै नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गछौँ। अब कोही पनि नागरिक स्वच्छ खानेपानीबाट वञ्चित हुँदैन।’
मन्त्री मगरले हरेक नागरिकको स्वच्छ खानेपानीको अधिकार दिलाउने बताउँदै कञ्चनपुरमा खानेपानीका थुप्रै योजना अघि बढिरहेको बताइन्।
साथै उनले चुनावमा जनतासँग गरेका बाचा पुरा गर्ने र यस क्षेत्रको दिगो विकास र संवृद्धि तर्फ आफूले प्रयास थालिरहेको बताइन्।





