सुदुरपश्चिममा मलको अभाव, आपूर्ति गर्न तीन दिने अल्टिमेटम

धनगढी– धान खेती गर्ने समयमा मलको अभाव भएको भन्दै किसानहरूले मलको सहज आपूर्तिको माग गर्दै तीन दिने अल्टिमेटम दिएका छन्।

दैनिक मलको लागि धाउँदा समेत रासायनिक मल नपाएका किसानहरूले मलको सहज आपूर्तिको माग गर्दै मुख्यमन्त्री कार्यालय, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा ज्ञापनपत्र बुझाएका हुन्।

तीनदिन भित्र मल आपूर्ति नभए चरणबद्ध आन्दोलनमा जाने किसानहरूले चेतावनी दिएका छन्।

वर्षा भएपछि धानको बिउ रोप्ने तयारीमा लागेका सुदूरपश्चिमका किसनाहरू मलको अभाव हुँदा निराश भएका छन्।

सुदूरपश्चिममा युरिया १५ हजार मेट्रिक टन, डिएपी १५ हजार मेट्रिक टन र पोटास एक हजार मेट्रिक टन माग हुँदै आएको छ। तर, त्यसको ५० प्रतिशत मल मात्र आयात हुने गरेका कारण बर्सेनी मलको अभाव हुँदै आएको छ।

ताजा समाचार

सम्बन्धित समाचार