Saturday, September 28, 2024

‘फास्ट ट्रयाक’ समयमै सम्पन्न हुनेमा संसदमा आशंका

९ असार, काठमाडौं – आगामी २ वर्ष भित्र सकिनुपर्ने तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) समयमै सम्पन्न हुनेमा सांसदहरुले आशंका व्यक्त गरेका छन् । संसदको विकास समितिले आयोजना गरेको बैठकमा बोल्दै सांसदहरुले आयोजनाबारे चिन्ता व्यक्त गरेका हुन् ।

सांसद गणेश पहाडीले डीपीआर निर्माणको काम अहिलेसम्म नसकिएको र यसले लागत पनि बढाउने भन्दै निर्माणलाई तीव्रता दिन माग गरे । सांसद पहाडीले ४ लाख ४७ हजार विरुवा रोप्नुपर्ने सहमति कार्यान्वयन नभएको तथा महँगो भाडा तिरेर ल्याइएका उपकरण प्रयोगमा नआएको बारे जिज्ञासा राखेका थिए ।

‘तोकिएको विरुवा नरोपिएको र महँगा उपकरण प्रयोगमा नआएको सुनिएको छ । यसको सत्यता के हो ?’, उनले भने ।सांसद अनिल कुमार झाले ७२ किलोमिटरको सडकमा मात्र ५४ किलोमिटरसम्मको काम भए बारे जिज्ञासा राखेका थिए र रुख धेरै मात्रामा काटिसकेपछि वृक्षारोपणतर्फ ध्यान नदिएको भन्दै उनले पर्यावरणप्रति ध्यानाकर्षण गरे ।

सांसद जिपछिरिङ लामाले ४ वर्ष सम्ममा पनि आयोजना सम्पन्न नहुने शंका व्यक्त गरे । नेपाली सेनाले आयोजना निर्माण हुन सक्ने मिति र लागत खुलाउनुपर्ने उनले बताए । उनले भने, ‘छिटोछिटो काम भयो भने पनि अझै ५ वर्ष लाग्छ, सेनाले स्पष्ट जवाफ दिनुर्पयो । मेलम्चीको हालत नहोस ।

ताजा समाचार

सम्बन्धित समाचार