बुटवलमा ‘एक वन, एक पोखरी निर्माण’ अभियान शुरु

बुटवल- ‘एक वन, एक पोखरी निर्माण’ अभियान बुटवलमा शरु भएको छ।

पर्यावरण जोगाउन बुटवलमा सो अभियानको शुरूवात गरिएको हो। चुरे पहाड र यसको फेदीमा रहेका सामुदायिक वनहरुमा पोखरी निर्माण शुरु गरिएको जानाइएको छ।

चुरे क्षेत्रमा पोखरी निर्माण गरी चुरेभन्दा तल्लो क्षेत्रको पानीको मूलमा सुधार ल्याउने, वातावरण जोगाउन र त्यो अभियानमा समुदायलाई पनि सरिक बनाउन वनहरूमा पोखरी निर्माणलाई अभियानकै रूपमा अगाडि बढाइएको उपमहानगरपालिकाको भनाइ छ।

हालसम्म बुटवलमा भएका २० वटा सामुदायिक वन मध्ये चारपाला, शिवनगर, बुटवल, चुरे, जितेश्वरी, रामनगर र तिनाउखोला नियन्त्रण गरी सातवटा सामुदायिक वनमा पोखरी निर्माण भइसकेको छ।

बाँकी वन क्षेत्रमा थप अध्ययनपछि अर्कोवर्ष पोखरी निर्माण गरिने भएको हो। यी सबै वनमा पोखरी निर्माणका लागि चालु आर्थिक वर्षमा २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको उपमहानगरले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार