काठमाडौँ लगायत देशभर मनसुनी वर्षा जारी

काठमाडौँ– अहिले मुलुकभर सरदर मनसुनी वर्षा भइरहेको छ ।

दश दिन अघिबाटै शुरु हुनुपर्ने मनसुन यसपटक केही ढिला भएको थियो।

आज (शनिबार) दिउँसो देखि देशको मध्य र पश्चिममा देखिएको बादलको प्रणालि थप शक्तिशालि भई पश्चिमतिर सरेका कारणले आज राति र भोलि (आइतबार) पश्चिमका धेरै स्थानहरुमा मध्यम वर्षा हुनुका साथै थोरै स्थानहरूमा भारि वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उच्च हिमाली भूभाग हरुमा हिमपातको सम्भावना रहेको छ ।पश्चिमी  र मध्य भूभागका थोरै स्थानहरुमा  भारी हिमपातको सम्भावना रहको छ।

मध्य र पश्चिमका केही स्थानमा हावाहुरिको र मेघ गर्जनको पनि संभावना देखिन्छ। मध्य र पूर्वका पनि केहि स्थानहरुमा वर्षाको संभावना रहेको महाशाखको अनुमान रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार