जाखोर तालको सरसफाइमा जुटे युवायुवती

कैलाली–धनगढी उपमहानगरपालिका ७ स्थितजाखोर तालमा फैलिएको जलकुम्भी हटाउने काम पुनः सुचारु गरिएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रम र परिश्रममा आधारित सामूहिक कार्यक्रम अन्तर्गत बेरोजगार युवा युवतीहरूले तालमा रहेको जलकुम्भी हटाउन थालेका हुन।

यसअघि मङ्सिर २ गतेबाट धनगढी उप–महानगरपालिकाको समन्वयमा स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले तालबाट जलकुम्भी हटाउने अभियान सुरु गरेका भए पनि जाडो बढेकाले तीन सातापछि अभियान स्थगित गरिएको थियो।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बेरोजगार युवायुवतीहरूले ताल सफा गरे बापत प्रधानमन्त्री रोजगार कार्यक्रमको मापदण्डमा रहेर निश्चित पैसा समेत पाउने बताए।

यो ताल झन्डै १२ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यस तालमा विभिन्न प्रजातिका माछा, कछुवा छन् भने कमलको फूल पनि फुल्ने गर्छ।

पछिल्लो समय जाखोर ताल जलकुम्भी तथा फोहोरले प्रदूषित बन्दै गएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार