काठमाडौँ– देशको पूर्वी तथा मध्य क्षेत्र साथै पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।
जल तथा मौसिम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्व तथा मध्यका केही स्थानहरूमा साथै पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ।
शनिबार देशको पूर्वी तथा मध्य भूभागमा समान्यतया बदली रहने, पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रही पुर्वका धेरैजसो स्थानहरुमा साथै मध्य तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जनाइएको छ।
आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।





