पत्रपत्रिकामा आजः तीन सय विद्युतीय गाडी किन्ने योजना अलपत्र, चार वर्षमा पनि पूरा भएन कलङ्की–नागढुङ्गा सडक

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा देशभरका सडकमध्ये २० प्रतिशत मात्र कालोपत्रे भन्ने शिर्षकमा जीवन बस्नेतको समाचार छापिएको छ। नेपालमा हालसम्म (संघ, प्रदेश र स्थानीय गरी) कुल ९१ हजार ५ सय ५५ किलोमिटर सडक निर्माण भएको छ । त्यसमध्ये करिब २० प्रतिशत सडक मात्र कालोपत्रे गरिएको सरकारी तथ्यांकले देखाएको छ ।

-चारवटा मोबाइल भ्यान किन्दा २४ करोड भ्रष्टाचार भन्ने शिर्षकमा नवराज मैनालीको समाचार छापिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत खाद्य अनुगमन तथा परीक्षणका लागि चारवटा मोबाइल भ्यान प्रयोगशाला खरिद गर्दा २४ करोडभन्दा धेरै भ्रष्टाचार भएको छ । सम्झौताभन्दा कमसल प्रयोगशाला खरिद गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिवसहित १३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

-त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मत एक सातामा सकिने भन्ने शिर्षकमा दिवाकर पन्तको समाचार छापिएको छ। देशको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मत एक सातामा सकिने भएको छ । ३ हजार ५ मिटर लम्बाइको धावनमार्गको बेस कोर्स मर्मत सकिएको धावमार्ग मर्मत आयोजनाका अधिकृत दीपेन्द्र श्रेष्ठले बताए । बेस कोर्समाथि लगाइने माथिल्लो भाग ९टप कोर्स०मध्ये १२ सय ५० मिटरमा सम्पन्न भएको उनको भनाइ छ । धावनमार्गको बेस कोर्स २० सेन्टिमिटरको र टप कोर्स साढे ६ सेन्टिमिटरको रहेको छ । टप कोर्सको काम मौसमले साथ दिएमा एक सातामा सकिने उनले बताए । तर, ट्याक्सी वे भने वर्षात्को मौसम सकिएपछि मर्मत गरिने उनले जानकारी दिए ।

राजधानी
-आजको राजधानीमा महानगरको नीति तथा कार्यक्रम, प्लास्टिक र धुलोमुक्त सहर भन्ने शिर्षकमा केशवप्रसाद पाण्डेको समाचार छापिएको छ। काठमाडौं महानगरपालिकाले ‘सम्पदा संरक्षण तथा संर्वद्धन र पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास वर्ष’का रूपमा मनाउने घोषणा गर्दै आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।बिहीबार राष्ट्रिय सभागृहमा नगरसभाको पाँचौं बैठकमा मनपा प्रमुख विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरले सम्पदा संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास गर्ने बताए ।

-मेलम्ची खानेपानी आयोजना निर्माण कार्यमा पुनः अवरोध भन्ने शिर्षकमा समाचार छापिएको छ। इटालियन कम्पनी सीएमसीले काम अलपत्र पारेर छोडेपछि नयाँ ठेकेदारले काम सुरु गरे पनि निर्माण कार्यमा पुनः अवरोध सिर्जना भएको छ । आयोजनाको कामको जिम्मा पाएको श्रेष्ठ कन्सट्रक्सनका कामदारलाई स्थानीयले फर्काइदिएपछि काममा अवरोध आएको हो । स्थानीयले आफ्नो रकम भुक्तानी नदिएको भन्दै आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएको श्रेष्ठ कन्सट्रक्सनका कामदारलाई फर्काइदिएका हुन् ।

गोरखापत्र
-आजको गोरखापत्रमा चार वर्षमा पनि पूरा भएन कलङ्की–नागढुङ्गा सडक भन्ने शिर्षकमा गोपालचन्द्र सुवेदीको समाचार छापिएको छ। गएको वैशाख मसान्तभित्रै कालोपत्रे गरिसक्ने भनिएको कलङ्की–नागढुङ्गा सडक अहिलेसम्म पनि पूरा भएको छैन । चार वर्षअघि २०७२ साल असारमा ठेक्का सम्झौता भएको यो सडकमा अहिले पनि निर्माण कार्य जारी छ । कुल १० किलोमिटरको सडक कालोपत्रे गर्ने काम वैशाखभित्रै सक्ने भनिएकोमा अझै विभिन्न खण्डमा कालोपत्रे गरिएको छैन । ढलान गर्नुपर्ने स्थानमा भर्खर रड लगाइँदै छ । बन्नुपर्ने अधिकांश सडक पेटी पनि अधुरै छन् । १८ मिटर चौडा सडकको दुवैतर्पm दुईरदुई मिटर सडक पेटी र मध्यभागमा बनाउनुपर्ने मेडियनको काम बाँकी नै छ । पुराना मुख्य बजारक्षेत्र नैकाप, सतुङ्गल, गुर्जुधारा र थानकोट क्षेत्रमा सडकको चौडाइ नै बढाउन सकस परेको छ । ती क्षेत्रमा सडक पेटीको रेखाङ्कनसमेत हुन सकेको छैन।

-भित्रियो मनसुन भन्ने शिर्षकमा चाँदनी हमालको समाचार छापिएको छ। यस वर्षको मनसुन बिहीबारदेखि नेपाल भित्रिएको छ। नेपालको पूर्वी क्षेत्र हुँदै मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले जानकारी दिए।

-खानी छन्, प्रयोग छैन भन्ने शिर्षकमाईश्वरचन्द्र झाको समाचार छापिएको छ। खानी तथा भूगर्भ विभागको अन्वेषण तथा सर्वेक्षणबाट नेपालमा ६० प्रकारका खनिज पदार्थको खानी रहेको देखिएको छ । उक्त खनिज पदार्थहरूको अन्वेषण सुरु भएको करिब छ दशक बढी भएको छ तर चुनढुङ्गाबाहेकका खनिज पदार्थको औद्योगिक उत्पादन अझै हुन सकेको छैन।

नागरिक
-आजको नागरिकमा तीन सय विद्युतीय गाडी किन्ने योजना अलपत्र भन्ने शिर्षकमा हिमाल लम्सालको समाचार छापिएको छ। गत पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकले राजधानी उपत्यकामा गुडाउने गरी तीन सय विद्युतीय बस किन्ने निर्णय गरेको थियो। निर्णय भएको पाँच महिना बितिसके पनि विद्युतीय बस किन्ने योजनाले मूर्त रुप लिन सकेको छैन।

-तरकारी विकास केन्द्रमा आधुनिक प्रविधि भन्ने शिर्षकमा समाचार छापिएको छ। किसानले परम्परागत प्रविधि प्रयोग गरेर खेती गरिरहेका बेला यहाँको एक सरकारी निकायले तरकारी बालीमा नयाँ प्रविधि विकास गरेर कार्यान्वयनमा ल्याएको छ। तरकारी बाली विकास केन्द्र ललितपुरले ‘स्मार्ट’ प्रविधि प्रयोग गरेर बिउसहित तरकारीका बिरुवा उत्पादन गर्दै आएको छ।

ताजा समाचार

सम्बन्धित समाचार