वातावरण तथा विपद् व्यवस्थापन महानगरको प्राथमिकता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले भौतिक तथा सामाजिक उत्थानका योजना बनाउँदा वतावरणीय, जलवायु परिवर्तन ध्यान दिने भएको छ।

काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बिहीबार आ. व. २०७६/०७७ का लागि प्रस्तावित बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर निर्माणको काममा समुदाय, सहकारी, गैरसरकारी तथा निजी क्षेत्रलगायत साझेदार संघसंस्थाहरुको सहकार्यलाई आत्मसात गर्ने, सहभागितामूलक साझेदारीलाई प्रश्रय दिने र बहुलगानीको सम्भावना बढाउने कामलाई प्राथमिकतामा राखिएको बताए।

पाँचौ नगर सभाको बैठकमा मेयर शाक्यले आगामी वर्षका लागि ५ शीर्षक, २६ उपशीर्षक र १३८ बुँदामा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

साथै महानगरले सर्वसाधारणलाई सार्वजनिक शौचालयमा पहुँच बढाउन निर्माण तथा सञ्चालनसँगै सपिङ् मल, रेष्टुरेन्ट, अस्पताल, पेट्रोल पम्पसँग सहकार्य गर्ने भएको छ।

महानगरले स्मार्ट सिटीका चार आधार स्तम्भ — स्मार्ट नगरबासी, स्मार्ट अर्थतन्त्र, स्मार्ट पूर्वाधार र स्मार्ट शासनलाई सूचक मानेर स्मार्ट सहर निर्माणमा सोही अनुरुपका कार्यक्रमहरु सञ्चालन गर्ने मेयर शाक्यले जानकारी दिए।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शाक्यले महानगरलाई क्रमिक रुपले स्मार्ट सिटीको रुपमा विकास गर्न आवश्यक पूर्वाधारको तयारी गरिने बताए।

ताजा समाचार

सम्बन्धित समाचार