काठमाडौँ–अरेवियन सागरमा बनेको चक्रपात ‘वायु’काे प्रभाव कम भएसँगै नेपालमा आजबाट मनसुन शुरु भएको छ।
सामान्यतय जुन १० बाट भित्रने मनसुन वायुको कारण रोकिएकाले १० दिन ढिलोगरी भित्रिएको मौसमविद् मञ्जु बासीले बताइन् ।
‘मनसुन भित्रिनका लागि अनुकुल वातावरण बनिसकेको छ,’ उनले भनिन्, ‘अबको केही दिनमा नै पुरै नेपालमा फैलिन्छ।’
विभागले आज मनसुन शुरु भएको औपचारिक घोषणा गर्ने भएको छ। गत वर्ष जुन ८ बाट मनसुन शुरू भएको थियो ।





