काठमाडौँ–देशको प्रमुख तथा अन्य साना नदीहरूमा वहाव सामान्य रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
आज (बिहिबार) तीन दिनको बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै ठूला तथा साना नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेकाले बाढीको ठूलो जोखिम नरहेको जानकारी दिएको हो।
अबको तीन दिन (बिहिबार, शुक्रबार, शनिबार) देशका प्रमखु नदीहरू कोसी, नारायणी, कणााली, महाकाली तथा मझौला नदीहरू कन्काई, कमला, बागमती, पश्चिम राप्ति, बबई लगायतमा वहाव सामान्य घटबढ रहने बुलेटिनमा उल्लेख छ।
तर भोलि बिहान सम्म प्रदेश १ को ससाना क्षेत्रमा क्षणिक मध्यम देखि भारी वर्ष सम्ने देखिएकाले सानो खोलानाला र खहरेहरूमा आक्समिक बाढी आउन सक्ने जनाएको छ।
मेची बिरिङ, निन्दा कन्कनई लगायतका अन्य साना नदी तटीय क्षेत्रमा वर्षहँदा वहाव एक्कासी बढ्ने सम्भावाना भएकाले सबैलाई सतर्क रहन आग्रह गरिएको छ।





