काठमाडौंँ–देशभर सामान्यतया बदली रही पूर्व र मध्यका केही र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षासहित मेघगर्जन हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी तथा मध्य क्षेत्रको साथै पश्चिमी पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
शुक्रवार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ। राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले आनुमान गरिएको छ।
शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ। राति देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।





