Saturday, September 28, 2024

हिमालय क्षेत्रमा जलवायु परिवर्तनको डरलाग्दो असर, दुई दशकमा हिमनदी पग्लने दर दोब्बर

काठमाडौँ – विगत २० वर्षमा हिमनदी पग्लने क्रम दोब्वर भएको एक वैज्ञानिक अध्ययनले देखाएको छ।
विगत चालिस वर्षको भूउपग्रहबाट लिइएको डाटाको विश्लेषणपछि वैज्ञानिकहरूले सो निष्कर्ष निकालेका हुन्।

शीतयुद्धकालिन जासुसी भुउपग्रहले खिचेका तस्वीहरुको अध्ययनपछि वैज्ञानिकहरुले सो अध्ययनको प्रतिवेदन सार्वजनिक गरेका छन्। अध्ययनले सन् २००० यता हिउँको उचाई प्रत्येक वर्ष औसतमा आधा मिटरले घटिरहेको न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले दावी गरेका छन्। वैज्ञानिकहरुले नाटकिय रुपमा हिउँ पग्लनुको मुख्य कारण जलवायु परिवर्तनको असर नै भएको ठोकुवा समेत गरेका छन्।

यस अध्ययनपछि हिमालमा हिउँनदीमा वरफको मात्रामा कसरी परिवर्तन आउँदैछ भन्ने एकदमै स्पष्ट चित्र आएको वैज्ञानिकहरुको भनाई छ । साइन्स एडभान्समा प्रकाशित एक अध्ययन अनुसार सन् १९७५ देखि सन् २००० सम्म भन्दा त्यसयता हिउँ पग्लने क्रम दोब्वर भएको छ।  ‘यि दुई अवधीमा हिउँ कसरी तिव्र गतिमा पग्लीरहेको छ र के कारणले पग्लीरहेको छ भन्ने स्पष्ट चित्र यसले दिन्छ,’ अनुसन्धानकर्ता जोसुआ मररले संचारमाध्यमसँग भनेका छन्।

“हिमनदीहरू खुम्चँदै जाँदा तिनले नदी प्रणालीलाई र्पुयाउने योगदान कम हुँदै जानेछन्।‘यसले तल्लो तटीय क्षेत्रमा बस्ने करोडौँ मानिसहरूका लागि पानी आपूर्तिमा असर पर्छ । साथै, थप सुख्खा क्षेत्र हुनेछन् किनकि मनसुन सक्रिय नभएका बेला यिनै हिमनदीले पानी प्रवाह गर्छन,’ मररले भने । झण्डै २० वटा भुउपग्रह पृथ्वीको गोप्य तस्वीर खिच्नका लागि अन्तरिक्षमा पठाइएको थियो । कोलम्बिया विश्वविद्यालयको टोलीले २ हजार किलोमिटरका झण्डै ७०० सय हिमनदीको अध्ययन गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार