चीनमा ६ रेक्टर स्केलको भूकम्प, १२ जनाको मृत्यु

काठमाडौँ– सोमबार रातिको शक्तिशाली भूकम्पका कारण दक्षिण पश्चिम चीनमा १२ जनाको मृत्यु भएको भने १ सय ३४ जना घाइते भएका छन्।

भूकम्प सिचुवान प्रदेशको यिबिन शहरको २० किलोमिटर आसपास केन्द्रविन्दू बनाएर गएको उल्लेख गरिएको छ।

सिन्ह्वा समाचार संस्थाका अनुसार ६ रेक्टर स्केलको भूकम्प स्थानीय समय अनुसार सोमबार राति १०ः५५ मा गएको थियो।

भूकम्पका कारण करिब ४ हजार मानिस प्रभावित भएका जनाइएको छ। भूकम्पको झट्काले दर्जनौं संरचनाहरुमा क्षति पुगेको छ भने उक्त क्षेत्रमा मंगलबार बिहानबाट वर्षा भइरहेको जनाइएको छ।

आपातकालीन व्यवस्थापन मन्त्रालयले उद्धार टोली घटना स्थलमा पठाएको छ। भूकम्पको क्षेतिको पूर्ण विवरण भने आउँन बाँकी रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार