काठमाडौँ– देशको प्रमुख तथा अन्य साना नदीहरूमा वहाव सामान्य रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
आज (मंगलबार) तीन दिनको बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै ठूला तथा साना नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेकाले बाढीको ठूलो जोखिम नरहेको जानकारी दिएको हो।
अबको तीन दिन (मंगलबार, बुधबार र बिहिबार) देशका प्रमुख नदीहरू कन्काई, कमला, नारायणी, पश्चिम राप्ति, बबई, कर्णली, महाकाली लगायत मझौला नदीहरूमा सामान्य वहाव रहने बुलेटिनमा उल्लेख छ।
तर भोली विहानसम्म पूर्वी भागको मेची, विरिङ, निन्दा, कन्काई, कमला लगायत चुरे र पहाडबाट बहने साना खहरे खोलाहरूको केही स्थानहरूमा क्षणिक मध्यम वर्ष हुने तथा वहाव एक्कासी बढ्ने सम्भावाना भएकाले सबैलाई सतर्क रहन आग्रह गरिएको छ।





