Sunday, September 29, 2024

चीनले महानगरलाई दियो दुई ब्रुमर

काठमाडौं । चीनको छेन्दु नगरले काठमाडौं महानगरलाई दिएका २ थान ब्रुमर आइतबार औपचारिक रुपमा महानगरलाई प्रदान गरिएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आयोजना गरिएको ब्रुमर हस्तान्तरण तथा सांस्कृतिक कार्यक्रममा छेन्दु नगरका उपप्रमुख निउ छिङ्पाओेले महानगरका मेयर बिद्यासुन्दर शाक्यलाई ब्रुमरको साँचो हस्तान्तरण गरेका हुन् ।
साँचो बुझिसकेपछि समारोहलाई सम्बोधन गर्दै मेयर शाक्यले, छेन्दु नगरबाट उपहारस्वरुप प्राप्त ब्रुमरको सहयोगले काठमाडौंको वायु प्रदुषण नियन्त्रणमा सहयोग पुग्ने बताए । यो आपसी हितको उहादरण भएको उनले वताए ।
छेङ्दुले महानगरलाई दिएका ब्रुमर, युरो ५ मापदण्डका हुन् । महानगरको मेकानिकल शाखाका प्रमुख प्रमोद डंगोलका अनुसार ८.६ मिटर लम्बाइ र ३.५ मिटरका ब्रुमरमा २ वटा इञ्जिन छन् । गाडी सञ्चालन गर्ने इञ्जिनको क्षमता १५५ किलोवाट छ भने वु्रमर चलाउने इञ्जिनको क्षमता ११८ किलोवाट छ । १५.८ मेट्रिक टन तौल भएका बु्रमरहरु डिजेलले चल्छन् । धुलो र पात पतिङ्कर संकलन गर्न प्रयोग गर्न सकिने हरेक बु्रमरमा ७ घनमिटर धुलो संकलन गर्ने र ९ घनमिटर पानी बोक्ने क्षमता छ ।
सडक सफाइ गर्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पतिङ्गर तान्छ । ९८ किलोमिटर प्रतिघण्टा गति भएको यसले, सडकको अवस्था हेरी प्रति घण्टा ३ किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सक्छ । भन्सारबाहेक यी २ वटा ब्रुमरको मुल्य २ करोड २७ लाख ३७२ रुपैयाँ हो ।

ताजा समाचार

सम्बन्धित समाचार