काठमाडौँ – काठमाडौँको चोभारमा विश्वकै अग्लो दावी गरिएको मञ्जुश्रीको मुर्ति बनाइएको छ। शनिबार विहान अनावरण गरिएको उक्त मुर्तिको उचाई ३३ फिट रहेको छ। कालो ढुंगाबाट बनाइएको उक्त मुर्तिको एक कार्यक्रमबीच अनावरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि युरेसिया रेयुकाइका संस्थापक अध्यक्ष युसुन मासुनागाले अनावरण गरेका उक्त मुर्ति निर्माण गर्दा ३ करोड ३५ लाख खर्च भएको मञ्जुश्री प्रतिमा निर्माण समितिका संयोजक सुजिन्द्र महर्जनले बताए।
उक्त मुर्तिको स्थापनासँगै चोभारमा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने उनको भनाइ छ। प्राचिन कालमा काठमाडौँ उपत्यका तलाउको रुपमा रहेकोले यसमा रहेको पानीलाई हटाएमा बसोबासका लागि लागि राम्रो हुने देखिएकोले मन्जुश्रीले चोभारको डांडाँलाई चन्द्रहांस खड्गले काटेर मानिस बस्न योग्य ठाउँ बनाएकाले उनको मुर्ति त्यहाँ स्थापना गरिएको उनी बताउँछन्।
उनी कालाे ढुंगाबाट बनेकाे उक्त मुर्ति विश्वकै अग्लाे मञ्जुश्रीकाे प्रतिमा भएकाे दाबी गर्छन्।





