बाढी बुलेटिन: पूर्वी खहरे खोलामा बाढी आउने सम्भावना

काठमाडौँ– पूर्वी पहाडका खहरे खोलामा जल सतह बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर, प्रमुख तथा मझौला नदीहरू कन्काई,कोशी, कमला, बागमति, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकालीमा भने आगामी तीन दिन कुनै बढी जोखिम नहुने बाढी बुलेटिनमा उल्लेख गरिएको छ।

महाशाखाले आज (आइतबार) , भोलि (सोमबार) र पर्सि (मंगलबार) देशका प्राःय सबै नदीहरुमा वहाव सामान्य रहने तर पूर्वी भागको विरिङ, कन्काई लगायत चुरेबाट बहने साना खहरे खोलाहरुको केही स्थानहरुमा क्षणिक मध्यम वर्षा हुने तथा जल सतह केही बढ्ने सम्भावना रहेको जनाएको हो ।

आगामी तीन दिन ठूला नदीहरूमा ठूलो बाढी जोखिम नदेखिएपनि साना नदीहरूमा एक्कासी बाढी आउन सक्ने हुँदा सबैलाई सतर्क रहन आग्रह गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार