काठमाडौँ– देशको पुर्वी तथा पश्चिमि भू–भागमा सामान्य बदली रही मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली रहने भएको छ।
जल तथा मौसिम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तथा पश्चिमि भूभागका केही स्थानहरूमा र मध्य भूभागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।
रातिको समयमा देशको पूर्वी भूभागमा सामान्य बदली रही मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भूभागका थोरै स्थानहरूमा र पश्चिमी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।
सोमबार देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान रहेको छ।
सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भूभागका केही स्थानहरूमा र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।
मंगलबार देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।





