Sunday, September 29, 2024

आइतबारदेखि न्यूरोड क्षेत्रमा यसरी गर्नुहोस् बाइक पार्किङ

काठमाडौं । व्हिल्स ट्रुली योर्सले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा आइतवारदेखि स्मार्ट पार्किङ सञ्चालनमा ल्याउने भएको छ । आइतवार विहान ८ वजे महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले धर्मपथमा यसको औपचारिक शुरुवात गर्ने छन् ।
पहिलो चरणमा न्यूरोड एरियामा स्मार्ट बाइक पार्किङको शुरुवात हुनेछ । अत्यन्तै व्यस्त मानिने न्यूरोडमा हिजोआज पार्किङ स्थान पाउने कार्य निकै कठिन छ । अब त्यस क्षेत्रमा बाइक लिएर यता उता भौतारिन पर्ने समस्या केही न्यूनीकरण हुनसक्छ ।
यदी यो प्रणाली प्रभावकारी रुपमा कार्यान्वयनमा आएमा तपाईले घरबाटै आफूलाई उपयुक्त लागेको स्थल प्रिरिजर्भ गर्न सक्नुहुन्छ । पहिलो चारणमा विशाल बजार अगाडी इन्द्रचोक जाने सडक, धर्मपथ, पाको, आरबी कम्प्लेक्स र रामेश्वर मिठाई पछाडीको भागमा यस खालको पार्किङको व्यवस्था हुन लागेको हो ।
ठाउँ रिजर्भ नगरी त्यहाँ पुग्नेले पनि स्थान खाली छ भने स्क्रीनमा देखाइएको सूचनाको आधारमा पार्किङ गर्न सक्नेछन् । यो सेवा उपयोगका लागि तपाईले केएमसी पार्किङ एप डाउनलोड गर्न सकिन्छ । रिजर्भ गरेको समय, पार्किङ स्थान, समय र शुल्को जानकारी क्युआर कोडबाट प्राप्त गर्न सकिन्छ ।
तत्कालका लागि एक हजारको हाराहारीमा र ९० भन्दा बढी गाडीहरु पार्किङ गर्न सकिन्छ । तर यस क्षेत्रमा यो भन्दा धेरै संख्यामा मोटरसाइकलको संख्या रहेको छ । विशेषत यस क्षेत्रमा यतिवेला पार्किङको निकै समस्या हुने गरेको छ । काठमाडौं महानगरपालिकाले पाइलट परियोजनाको रुपमा यसको शुरुवात गर्न लागेको हो जुन अन्य भागमा पनि विस्तार गरिने छ ।

ताजा समाचार

सम्बन्धित समाचार