Sunday, September 29, 2024

प्रधानमन्त्री कार्यालयको निर्देशनमा गाडी भाडा बढाउने निर्णय ‘होल्ड’ मा

काठमाडौँ— प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको निर्देशनमा यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा वृद्धिको निर्णय तत्काल कार्यान्वयन गर्ने भएको छ ।

बजेट अनुमोदन भइनसेको र प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा रहेको समयमा भाडा वृद्धि गर्नु उचित नभएको सन्देश पाएपछि विभाग पछि हटेको हो । विभागका प्रवक्ता तीर्थ खनालले तत्काल कार्यान्वयन नगर्ने निर्णय भएको जनाए।

विभागले बिहीबार मात्र विभागले १ असारदेखि लागू हुने गरी छोटो दुरीमा १२ प्रतिशत र लामो दुरीमा २० प्रतिशतसम्म गाडी भाडा बढाउने निर्णय गरेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार