Thursday, April 24, 2025

वन निगम सञ्चालन गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौँ—सरकारले वन तथा वातावरण मन्त्रालयअन्तर्गतका द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेड र वन पैदावार विकास समिति गाभेर ‘नेपाल वन निगम’ सञ्चालन गर्न स्वीकृति दिएको छ।

मन्त्रिपरिषद्को हालैको बैठकले प्रस्तावित नेपाल वन निगम लिमिटेड स्थापना र सञ्चालन गर्न स्वीकृति दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमा जानकारी गराए।

वनजंगलबाट निस्कने गोलिया काठ, दाउरालगायत आयोजना(परियोजना, साझेदारी वन व्यवस्थापनको उत्पादन, सदुपयोग र वन विकासका कार्यमा एकरुपता नभइरहेका बेला एकद्वार प्रणालीबाट लगिएको वन तथा वातावरण मन्त्रालयका अधिकारीको भनाइ छ।

निगममा मन्त्रालयका सचिव सञ्चालक समिति अध्यक्ष हुने तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले निगम हाँक्ने छन् दुबै संस्थालाई एक आपसमा गाभ्ने निर्णय मन्त्रिपरिषद्को १८ साउन ०७५ को बैठकले गरेको थियो।

हाल वन पैदावार विकास समितिअन्तर्गत झापाको रतुवामाई वृक्षरोपण आयोजना र सर्लाहीको सागरनाथ वन विकास परियोजना छन्। अब ती परियोजना निगमअन्तर्गत महाशाखाका रुपमा रहने छन्।

ताजा समाचार

सम्बन्धित समाचार