सार्वजनिक सवारीकाे भाडा बढ्यो, न्यूनतम १६ रुपैयाँ

काठमाडौँ – सरकारले असार १ गतेदेखि लागू हुनेगरी सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले बढाएको छ। यातायात व्यवस्था विभागका अनुसार इन्धन, सवारी साधनलगायतमा भएको मूल्यवृद्धिका कारण यातायातको भाडा बढाइएको हो।

विभागका सूचना अधिकारी तीर्थराज खनालका अनुसार उपभोक्ताकर्मी, यातायात व्यवसायीलगायतसँगको छलफलपछि भाडादर वृद्धि गरिएको हो।

यसअघि गत दशैँको मुखैमा आएर सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाइएको थियो । उक्त भाडामा १२ प्रतिशत बढ्ने गरी भाडादर समायोजन गरिएको हो । यो सँगै अब यात्रुले न्यूनतम १६ रुपैयाँ भाडा तिर्नुपर्ने विभागका सूचना अधिकारी खनालले बताए । यसअघि सार्वजनिक यातायातमा यात्रा गर्दा ४ किलोमिटरसम्म १४ रुपैयाँ लिने गरिएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार