यस्तो छ तीन दिनको बाढी पूर्वानुमान

काठमाडौँ– देशको प्रमुख तथा अन्य साना नदीहरूमा वहाव सामान्य रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

आज (बिहिबार) तीन दिनको बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै ठूला तथा साना नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेकाले बाढीको ठूलो जोखिम नरहेको जानकारी दिएको हो।

अबको तीन दिन (बिहिबार शुक्रबार र शनिबार) देशका प्रमुख नदीहरू कन्काई, कमला, नारायणी, पश्चिम राप्ति, बबई, कर्णली, महाकाली लगायत मझौला नदीहरूमा सामान्य वहाव रहने बुलेटिनमा उल्लेख छ।

तर आज (बिहिबार) मध्य र पूर्वी भागको मध्यपहाडी तथा चुरे भागबाट बहने केही साना खहरे खोलाहरूमा वहाव केही बढ्ने सम्भावना भएकाले उक्त स्थानमा वर्ष भइराख्दा सबैलाई सतर्क रहन आग्रह गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार