दिल्ली– भारतको उत्तरी र मध्य क्षेत्रमा प्रचण्ड गर्मीका कारण जनजीवन अस्त–व्यस्त बन्दै गएको छ।
राजस्थान लगायतका अधिकांश स्थानको तापक्रम ४५ डिग्री सेल्सियस रहेको भारतीय सञ्चार माध्यम न्यूज अन एअरले जनाएको छ। गर्मीका कारण सरकारले कामको अवधि पनि कम गरेको छ।
सिमामा करिब ५० डिग्रीको तापक्रममा काम गरिरहेका जवानहरूको लागि पनि गर्मीबाट बच्नको लागि विशेष व्यवस्था गरिएको बताइएको छ।
त्यसैगरी भारतको मध्य प्रदेशका धेरै स्थानहरू ‘लू’ का कारण प्रभावित भएका छन्। केही स्थानहरूमा पानी परेर गर्मी कम भएतापनि आधी/वर्षको कारण रूखहरू ढलेको छन् भने क्षतिग्रस्त बिजुलीका पोलहरूले आगलागीको खतरा बढाएको छ।
हिमाचल प्रदेशमा पनि तापक्रम सामान्य भन्दा धेरै नै रहेको उल्लेख गरिएको छ।
दिल्लीको हिजोको अधिकतम तापक्रम ४५.८ डिग्री रहेको थियो। मौसम विभागले देशको उत्तरी र मध्यवर्ती भागमा यो हप्ता पनि प्रचण्ड गर्मी हुने जनाएको छ। पन्जाव, हरियाणा, उत्तर प्रदेश र राजस्थानमा अबको केही दिनमा गर्मी थप बढ्ने अनुमान गरिएको छ।





